पुलिस र थ्रीस्टार बराबरीमा

sagare
रेडबुल ए डिभिजन लिग फुटबल प्रतियोगिताको सोमबार भएको खेलमा थ्रीस्टार क्लब र नेपाल पुलिस क्लब विच २–२ गोलको बराबरी भएको छ । यसैगरी, अर्को खेलमा झापा ११ र सुदुर पश्चिमविचको खेल पनि १ –१ गोलको बराबरीमा सकियो । मोरङ फुटबल क्लब र लुम्बीनी फुटबल क्लब विचको खेल पनि १ –१ गोलको बराबरीमा सकियो । झापामा भएको खेलमा ६५ औ मिनेटमा शीब सुबेदीले सुदुर पश्चिमलाई अग्रता दिलाएका थिए । तथापी ७५ औ मिनेटमा बिसाल राइले झापाका लागि बराबरी गोल गरे ।
अर्को खेलमा सुदीप खड्काले ५१ औ मिनेटमा मोरङलाई अग्रता दिलाए भने लक्ष्मण रुचालले ८३ औ मिनेटमा लुम्बीनीका लागि गोल गरे ।
पुलिससंगको खेलमा ३७ औ मिनेटमा कप्तान सागर थापाले ३५ यार्डबाट गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाए । ४२ औ मिनेटमा जमनु राइले थ्रीस्टारको रक्षापक्तिको फाइदा उठाउदै गोल गरे । ६३ औ मिनेटमा पुलिसका गोल रक्षक रितेस थापाले लगातार तीन बचाउदै गर्दै थ्रीस्टारलाई अग्रता लिनबाट बन्चित गरेका थिए । ६९ औ मिनेटमा बैकल्पीक खेलाडी सन्तोष साहुखलले पेनाल्टीमा गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाए  । उनलाई पेनाल्टी एसियामा लडाइए पछि प्राप्त थ्रीस्टारले पेनाल्टी पाएको थियो । ८३ औ मिनेटमा बैकल्पीक खेलाडी योगेश श्रेष्ठको गोलमा पुलिस बराबरी गर्न सफल भयो । बिष्णु सुनुवारले दोस्रो पेहलो कार्ड पाउदै बाहीरिए भने त्यसै अबसरमा पाएको पेनाल्टी जुमुनुले क्रसबारमा प्रहार गरे । थ्रीस्टारका खेलाडीले क्लीयर गर्न नसके पछि योगेशले गोल गरेका हुन् ।

 

Comment