आर्मी शिर्ष स्थानमा

army lead1

नेपाल आर्मी क्लब रेडबुल ए डिभिजन लिगको शिर्ष स्थानमा उक्लेको छ । आइतबार भएको खेलमा एपीएफलाई १–० ले हराउदै आर्मी शिर्ष स्थानमा उक्लेको हो । आर्मीलाई जित दिलाउने क्रममा टेक बहादुर बुढाथोकीले ७१ औ मिनेटमा फ्रीकीकमा गोल गरे । खेलका आर्मीका भरत खवास ९२ औ मिनेटमा दोस्रो पहेलो कार्ड स्वरुप रातो कार्ड पाउदै बाहीरिएका थिए । आर्मीका रक्षक जितेन्द्र कार्की खेलका म्यान अफ द म्याच घोषित भए ।

Comment