ओमानसंग नेपालको हार

football u16अर्को बर्ष भारतमा हुने एएफसी यु–१६ फुटबल प्रतियोगिताका लागि आइतबार भएको छनोट खेलमा नेपालले ओमानसंग ३–१ को हारको सामना गरेको छ ।  पहिलो पटक यु–१६ स्पर्धामा घरेलु भुमि बाहीर छनोट खेल्दै सफलता पाउने अभियानमा रहेको नेपालको विरुद्धमा ओमनले पूवाद्र्ध अघि नै नै दइ गोल गरेको थियो ।  नेपाल खराब गोल अन्तरको कारण समुहमा पहिलो हुनबाट बन्चित भएको छ । नेपालले ८९ औ मिनेटमा पेनाल्टी अबसर पाए पछि गोल अन्तर कम हुने सम्भावना देखिएको थियो । पेनाल्टीमा बैकल्पीक खेलाडी प्रेजन तामांगले गोल गरे पनि इन्जुरी समयमा ओमानका लागि मोहम्मद अमाइदले गोल गरे ।
यस अघि ११ औ मिनेटमा तमीर अल जोवीले ओमानका लागि गोल गरे भने ४१ औ मिनेटमा प्राप्त पेनाल्टीमा नेपालले अर्को गोल गरेको थियो । पराजय पछि नेपालको समुहमा पहिलो हुने सम्भावनाको अन्त्य भएको छ भने दोस्रो हुने सम्भावना जोर्डन र क्रिगीस्तान विचको खेलमा निर्भर रहने छ ।

Comment