तेक्वान्दो एकेडेमीको सिलान्याश

ashok silyanass

कागेश्वरी मनहरा नगरपालिका, डाँछीमा नेपाल तेक्वान्दो एकेडेमी भवनको शनिबार सिलान्याश गरियो । सभासद्द्वय दीपकप्रसाद कुईकेल र रामेश्वर फुयालले संयुक्त रुपमा सिलान्याश गरे । पहिलो चरणमा २५ लाखको लागतमा ५ सय प्रशिक्षार्थी अटाउने क्षमताको ट्रेनिङ हल निर्माण गरिने छ । निर्माणको ठेक्का आशिका निर्माण सेवाले पाएको एकेडेमीका अध्यक्ष एवं तेक्वान्दो खेलाडी अशोक खड्काले जनाएका छन् ।
जम्मा ११ आना क्षेत्रफल भित्र बन्ने एकेडेमीमा छुट्टै साढे दुई तलेको भवन पनि हुनेछ । त्यसमा होस्टेल, कार्यालय र सेमिनार हल रहने छन् । अन्डर ग्राउन्ड पार्किङ पनि बनाइने बताइएको छ ।  एकेडेमीको पूरा लागत खर्च १ करोड २० लाख रुपैयाँ रहेको छ । ट्रेनिङ हल ३ महिनामा सम्पन्न गर्ने योजना रहेको अध्यक्ष खड्काले बताए । एकेडेमीले पूर्णता पाउन भने २ वर्ष लाग्ने छ ।

Comment