नेपालको विजयी सुरुवात

rezin1
रेजिन सुब्बाको दुइ गोलमा जोर्डनलाई २–१ ले हराउदै नेपालले एएफसी यु–१६ समुहबीको छनोटमा विजयी सुरुवात गरेको छ । २७ औ मिनेटमा विपक्षी रक्षापक्तिको गल्तीको फाइदा उठाउदै रेजिनले पहिलो गोल गरेका थिए । प्रेजन तामाङको स्थानमा मैदानमा आएका दिनेस हेमजनको पासमा रेजिनले ६९ औ मिनेटमा अर्को गोल गरे । ७८ औ मिनेटमा जोर्डनी खेलाडीको शक्तिसाली प्रहारलाई नेपाली गोलरक्षक अप्रन कार्कीले बचाएका थिए । ६१ औ मिनेटमा इब्राहिम मोहम्दको प्रहार बारमा लागेर फर्र्कीए पछि नेपाल भाग्यमानी सावित भएको थियो । नेपालको समुहमा ओमान र क्रिगीस्तान पनि छन् । १० समुहका विजेता ,चार उत्कृष्ट उपविजेता, आयोजक भारत र साविक विजेता उत्तर कोरियामा अर्को बर्ष हुने प्रतियोगितामा सहभागि हुने छन् ।

Comment