मनाङ र पुलिस विच बराबरी

football photo2
मनाङ मस्र्याङदी क्लब र नेपाल पुलिस क्लब विच रेडबेल ए डिभिजन लिगको सोमबार भएको खेल गोलरहित बराबरीमा सकिएको छ । बारबी पछि मनाङ १२ अंक सहित अंक तालीकाको तेस्रो स्थानमा छ । नेपाल आर्मी क्लब पहिलो तथा थ्रीस्टार क्लब दोस्रो स्थानमा छन् । थी्रस्टारले एक खेल कम खेलेको छ । पुलिस क्लब ८ अंक सहित छैटौ स्थानमा छ । पुलिसका सुरज विक खेलका म्यान अफ द म्याच घोषित भए ।
रबिन श्रेष्ठ, जुमनु राइ र भोला सिलवाल लगायत ६ खेलाडी घाइते भएका कारण अन्पश्थित हुनुको बाबजुदे पुलिस प्रभावकारी देखिएको थियो । मनाङका फरवार्ड अनील गुरुङसंग टाउको ठोक्कीएर सुमन सुबेदी घाइते भए पछि पुलिस क्लबको चिन्ता थपीएको छ । पुलसका प्रशिक्षक विराटकृष्ण श्रेष्ठले चोटका कारण टोली प्रभावित भएको बताए । मनाङका प्रशिक्षक राजु काजी शाक्यले लामो समय पछि खेल भएकाले अप्ठेरो भएको बताए ।

Comment