नबीन साहयक मुख्य प्रशिक्षक

nabin shrestha1
राष्ट्रिय खेलकुद परिषद्ले नबीन श्रेष्ठलाइ साहयक मुख्य प्रशिक्षक नियुक्त गरेको छ । नेपाली तेक्वान्दोको पायनीयर शक्ति कोटेश्वर तेक्वान्दो डोजांगका प्रमुख  नबीनले खेलाडी, प्रशिक्षक र रेफ्रिको रुपमा उत्तिकै महत्वपूर्ण भुमिका निभाइसकेका छन् । पूर्व एसियाड खेलाडी नबीन चोटका कारण फर्म खस्कीए पछि कोटेश्वर डोजांगमा आफूलाई केन्दि«त गरेका हुन् ।
उनका नेतृत्वमा कोटेश्वरले नेपाली तेक्वान्दोमा महत्वपूर्ण प्रभाव छाड्दा निर्मल श्रेष्ठ र निरञ्जन श्रेष्ठको उदय भएको हो । नबीनका यी दुइ भाइले साफमा स्वर्ण पदक जित्नुका साथै एसियाडमा सहभागिता जनाएका थिए । उनको प्रशिक्षण प्रभाव यत्तिमा सिमित रहेन । राष्ट्रिय टोलीको जिम्मेवारी सम्हाल्ने भियतनाममा भएको बेइजिंग ओलम्पिक २००८ मा उनी प्रशिक्षक टोलीमा रहेका थिए । त्यसै छनोट पार गर्दै दिपक विस्ट ओलम्पिक सहभागिता जनाउन सफल भएका हुन् । पछिल्लो समय रञ्जन श्रेष्ठ, तारा रायमाझी र सक्षम कार्कीको रुपमा राष्ट्रिय टोलीमा प्रभाव राख्ने खेलाडी स्थापना गरेको उनको डोजांग कोटेश्वरमै पछिल्लो समय काजल श्रेष्ठको रुपमा अर्की प्रतिभासाली खेलाडीको उदय भएको छ । यी नै प्रभावशाली प्रशिक्षक नबिनको नेतृत्वमा नेपाली तेक्वान्दोले थप फड्को मार्ने अपेक्षा गरिएको छ ।

Comment