भेट्रान्स टेबलटेनिस अध्यक्षमा मिनु

sammanit bayaktitwa
नेपाल भेट्रान्स टेबलटेनिस संघको अध्यक्षमा मिनु सत्याल निर्विरोध निर्वाचित भएकी छन् । लैनचौरमा भएको साधारणसभाले सत्यालको अध्यक्षतामा १० सदस्यीय कार्यसमिति समेत निर्विरोध चयन ग¥यो ।
उपाध्यक्षद्वयमा चतुरानन्दराज वैद्य र उदयमोहन श्रेष्ठ, सचिवमा प्रज्ज्वलकान्त मैनाली, सह–सचिवमा बलराम सापकोटा र कोषाध्यक्षमा इन्दिरा चित्रकार रहेका छन् । मनोजकुमार सापकोटा, धर्ती श्रेष्ठ, गीता क्षेत्री र निकेश जोशी सदस्यमा चयन भए ।
साधारणसभाको उद्घाटनका अवसरमा पूर्व टेबलटेनिस खेलाडी कमल राणा, कविकेशरी बस्नेत र पोषणराज जोशीलाई सम्मान गरिएको थियो ।

Comment