प्राइम र एभीएम च्याम्पियन

tabletennis
प्राइम कलेज र आदर्श विद्या मन्दिर (एभीएम) छैटौं कृष्णध्वज स्मृति अन्तरविद्यालय तथा कलेज राष्ट्रव्यापी टेबलटेनिस प्रतियोगितामा आइतबार च्याम्पियन बनेका छन् । प्राइम ५ स्वर्ण जित्दै कलेजतर्फ च्याम्पियन बन्यो भने स्कुलतर्फ एभीएमले सर्वाधिक ६ स्वर्ण हात पा¥यो ।
प्रतियोगिताको अन्तिम दिन कलेजतर्फ पुरुष सिंगल्समा क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) का कृष्ण थापा मगर पहिलो भए । फाइनलमा उनले काठमाडौं बर्नहार्ट कलेजका विलोश श्रेष्ठलाई ११–५, ११–७ र ११–८ को सोझो सेटमा पराजित गरे । सो स्पर्धाको महिलामा प्राइमकी एलिना महर्जन पहिलो भएकी थिइन् ।
त्यस्तै स्कुलतर्फ यु–१० सिंगल्सको ब्वाइजमा प्रभात इङलिस हायर सेकेन्डरी स्कुलका सफल अवाल र गल्र्समा प्रभातकी मन्जु सुवाल, यु–१२ ब्वाइजमा एभीएमका सन्योग कपाली र गल्र्समा प्रभातकी अन्जु सुवाल, यु–१४ ब्वाइज सिंगल्समा एभीएमका आशिष शर्मा र गल्र्समा श्रीज्ञान मन्दिरकी अनुष्का प्रसाईं तथा यु–१६ को ब्वाइजमा एभीएमका रितिज जोशी र गल्र्समा एभीएमकी दीक्षा तामाङपहिलो भएका थिए । टिम इभेन्टको ब्वाइज र गल्र्स दुवैको स्वर्ण एभीएमले हात पा¥यो ।
कलेजतर्फ महिला डबल्समा प्राइमका दिदीबहिनी एलिना र एरिका महर्जन, पुरुष डबल्समा काठमाडौं बर्नहार्टका अजेश महर्जन र विलोश श्रेष्ठ तथा मिक्स डबल्समा प्राइमका एलिना र प्रदीप रोकाको जोडी शीर्ष स्थानमा रहे । पुरुष टिम इभेन्टमा प्राइम पहिलो भएको थियो ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पा, अखिल नेपाल टेबलटेनिस संघका उपाध्यक्ष धम्रमान वज्राचार्यलगायतले पुरस्कार प्रदान गरे ।
भदौ २० गतेदेखि सुरु प्रतियोगिताको कलेजमा ७ र स्कुलमा १० गरी १७ स्वर्णका लागि जम्मा २ सय ५० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

 

Comment