पारा तेक्वान्दो टोली टर्की जाने

kalyan wunwarछैटौं डब्लुटीएफ विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली आइतबार टर्कीको साम्सन प्रस्थान गर्ने भएको छ ।
सेप्टेम्टेम्बर २७ तारिखमा हुने च्याम्पियनसिपमा पुरुषको के ४३ समूहमा अनित थापा र चिन्ताबहादुर कुँवरले प्रतिस्पर्धा गर्ने छन् । महिलाको के ४४ समूहमा सीता भण्डारीले भाग लिने छिन् ।

टिम व्यवस्थापकमा नेपाल तेक्वान्दो संघका सदस्य रवि थापा तथा प्रशिक्षकमा कल्याण कुँवर रहेका छन् ।
त्यस्तै टर्कीमै सेप्टेम्बर १४ देखि १६ तारिखसम्म हुने क्लासिफायर सेमिनारमा नेपालबाट अच्युत्तम लामिछाने र लोकेन्द्र आचार्यले सहभागिता जनाउने छन् ।
डब्लुटीएफको बैठकमा सहभागी हुन तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा र सदस्य कासिम मिया पनि टोलीसंग टर्की जाँदैछन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच शनिबार बिदाइ गरे । नेपालले विश्व पारा तेक्वान्दोमा दुई पदक जितेको छ । दुवै पदक यादव कुँवरले जितेका हुन् । उनले चौथो र पाँचौं संस्करणमा क्रमशः कांस्य र रजत जितेका थिए ।

Comment