अनिल र शक्ति उपाधीका लागि भिड्ने

anil shakti1

पोखरा

अनिल शाहि र शक्ति शर्मा पोखरा रंगशालामा जारी दोश्रो पोखरा ओपन टेनिस प्रतियोगिताको मेन्स सिंगलतर्फ उपाधीका लागि भिड्ने भएका छन् । शुक्रबार सम्पन्न प्रतियोगितामा अनिलले नविन मगरलाई ६–४, ६–२ ले तथा शक्तिले निरज थापालाई ६–४,६–३ ले पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् । ‘बि’ तर्फको उपाधी नविन श्रेष्ठले जिते । उनले फाइनल खेलमा हर्क गुरुङ्गलाई ६–३, ६–४ ले पराजित गर्दै उपाधी जितेका हुन् । त्यस्तै मेन्स डबल्सतर्फको उपाधी गोपीबहादुर भट्टराई र शक्ति शर्माको जोडिले जिते । फाइनल खेलमा उनीहरुले अनिल शाहि र समिर शेरचनको जोडिलाई ६–१, ६–४ ले पराजित गर्दै उपाधी आफ्नों नाम गराएका हुन् ।

मेन्स डबल्सतर्फको ‘बि’ क्याटोगोरीमा सूर्य भुजेल र लोक गुरुङ्गको जोडिले फाइनलमा स्थान बनाए । उनीहरुले राजन बिजुक्छे र सक्षम बिजुक्छेको जोडिमाथि ६–०, ६–३ को नतिजा निकाल्दै फाइनल प्रवेश गरेका हुन् । प्रतियोगिको दुई वटा फाइनल खेलसंगै समापन शनिबार हुने प्रतियोगिता आयोजक शान्त श्रेष्ठले जानकारी दिए ।

Comment