राष्ट्रव्यापी विद्यालयस्तरीय टेटे शुक्रबारदेखि

शारीरिक शिक्षा तथा खेलकुद समाज (सोफेस) नेपाल तथा पुष्पकुञ्ज उमाविको संयुक्त आयोजनामा चौथो राष्ट्रव्यापी विद्यालयस्तरीय खुला टेबलटेनिस प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा विभिन्न ६ स्पर्धामा प्रतिस्पर्धा हुने पुष्पकुञ्जका संस्थापक प्रिन्सिपल एकबहादुर आलेले जनाएका छन् । यु–१२ र यु–१६ ब्वाइज÷गल्र्स सिंगल्स तथा ब्वाइज÷गल्र्स टिम इभेन्टमा प्रतिस्पर्धा हुनेछ । यु–१२ ब्वाइजमा ४१ र  गल्र्समा ११ तथा यु–१६ ब्वाइजमा ९० र गल्र्समा २१ खेलाडी सहभागी हुने छन् । टिम इभेन्टको ब्वाइजमा ९ र गल्र्समा ७ टिमले भाग लिने छन् ।
यु–१२ का विजेताले ५ हजार, उपविजेताले ३ हजार र तेश्रो हुनेले १÷१ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै यु–१६ मा पहिलो हुनेले १० हजार, दोश्रोले ५ हजार र तेश्रोले २÷२ हजार नगद पुरस्कार हात पार्नेछन् । टिम इभेन्टमा नगद पुरस्कार राखिएको छैन ।
विभिन्न २९ विद्यालयको सहभागिता दुईदिने प्रतियोगिताका खेलहरु सामाखुशीको मित्रनगरस्थित आयोजक पुष्पकुञ्जमै हुनेछ ।

Comment