दोश्रो पोखरा ओपन टेनिस जारी

कास्की जिल्ला टेनिस संघका सदस्य एवं अग्रज टेनिस खेलाडी शान्तामान श्रेष्ठद्वारा आयोजित दोश्रो पोखरा ओपन टेनिस प्रतियोगिता पोखरा रंगशालामा जारी रहेको छ । प्रतियोगिता अन्तर्गत मंगलबार मेन्स सिंगल्सतर्फ प्रतियोगिताका दावेदार मानिएका अनिल शाहि र शक्ति शर्मा दुवैले आ–आफ्नों प्रतिस्पर्धामा जित हाँसिल गरेका छन् । अनिलले गोपीबहादुर भट्टराईलाई ६–४,६–२ ले तथा शक्तिले शंकर कार्कीलाई ६–१, ६–३ को सोझो सेटमा पराजित गर्दै अगाडी बढे ।

मेन्स सिंगल्सकै बि तर्फ नारायण पहारीले दिल गौतमलाई ६–०,६–१ ले, नविन श्रेष्ठले मिकाश गुरुङ्गलाई ६–०, ६–३ ले, हर्क गुरुङ्गले विनोद नेपालीलाइ ६–०, ६–२ ले तथा सुनिल श्रेष्ठले सुरेश श्रेष्ठलाई ६–३, १–६ र सुपरटाईमा १०–८ ले तथा चन्द्र लामाले सुजित थापालाई ६–२, ६–३ ले पराजित गरे ।
मेन्स डबल्सको सिनियरतर्फ शान्तामान श्रेष्ठ र पदम गुरुङ्गको जोडिलाई राजन विजुक्छे र नविन चालिसेको जोडिले ६–३, ६–३ को सेटमा पराजित गरे भने अनिल तुलाचन र राजन पौडलको जोडिले लोक गुरुङ्ग र सूर्य भुजेलको जोडिलाई ६–३, ६–४ मा पराजित गरे । चन्द्र लामा र विरेन लामाको जोडिले राजेन्द्र प्रसाद घिमिरे र मिकास गुरुङ्गको जाडिमाथि ६–१, ६–२ को नतिजा निकाले ।
डबल्सको वि क्याटोगोरीतर्पm नविन मगर र राजु गुरुङ्गको जोडिले रितु गुरुङ्ग र प्रिति बरालको जोडिलाई ६–२, ६–३ ले पराजित गरे भने मेन्स सिंगल्सतर्फ निरज थापा र धरमबहादुुर लामिछाने विचको खेल वर्षातका कारण पुरा हुन सकेन । प्रतियोतिगामा बुधबारपनि विभिन्न इभेण्टमा प्रतिस्पर्धा हुने प्रकाश रानाले जानकारी दिए ।

Comment