रितिज र दीक्षालाई स्वर्ण

tt monday
आदर्श विद्यामन्दिर (एभीएम) का रितिज जोशी र दीक्षा तामाङ छैटौं कृष्णध्वज स्मृति अन्तरविद्यालय÷कलेज राष्ट्रव्यापी टेबलटेनिस प्रतियोगितामा सोमबार स्वर्ण जितेका छन् । स्कुलतर्फ यु–१६उमेरसमूह अन्तर्गत सिंगल्सको ब्वाइजमा रितिज र गल्र्समा दीक्षाले पहिलो स्थान हात पारे ।
ब्वाइजको फाइनलमा रितिजले शुभकामनाका निकेश महर्जनलाई १२–१०, ११–३ र ११–९को सोझो सेटमा पराजित गरे । गल्र्सको उपाधि भिडन्तमा दीक्षाले कान्तिपुर इङलिस एकेडेमीकी सरिना अधिकारीलाई ११–२, ११–३ र ११–२ को सीधा सेटमा हराइन् ।
स्कुलको यु–१४ गल्र्स सिंगल्समा श्री ज्ञान मन्दिरकी अनुष्का प्रसाईंले उपाधि जितिन् । फाइनलमा अनुष्काले एभीएमकी शिखा सुवाललाई ११–८, ११–८, १०–१२ र १२–१० ले पाखा लगाइन् । सोही स्पर्धाको ब्वाइजमा एभीएमका आशिष शर्मा च्याम्पियन बने । उनले फाइनलमा एभीएमकै डिकेन महर्जनलाई १०–१२, ११–६, ११–८ र ११–५ ले पन्छाए ।
कलेजतर्फ पुरुष टिम इभेन्टमा प्राइम पहिलो भयो । प्राइमले फाइनलमा मोर्गन इन्टरनेसनल कलेजलाई ३–० ले निराश पा¥यो । एभीएम र क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) संयुक्त रुपमा तेश्रो बने ।     कलेजकै महिला डबल्सको उपाधि दिदी बहिनी प्राइमका एलिना र एरिका महर्जनको जोडीले जिते । उक्त जोडीले फाइनलमा एभीएमका सुजाता दुवाल र मन्जु सुवालको जोडीलाई ११–७, ११–७ र १३–११ ले पाखा लगाए ।

Comment