एलए फुटबल खेलाडी सम्मानित

la football
लिटिल एन्जल्स स्कुल (एलए), हात्तीवनले आफ्ना  तीनफुटबल खेलाडीलाई सोमबार सम्मान गरेको छ । कक्षा७की रज्जु खड्का, कक्षा १० का सजन राई र कक्षा ६ का  हार्दिक पौडेल सम्मानितभए ।    रज्जु गत बैशाखमाकाठमाडौं भएको यु–१४ महिला साफ फुटबल च्याम्पियनसिपमा नेपाली टोलीमा समावेश थिइन् । रज्जुले श्रीलंकाविरुद्ध १ गोल पनि गरिन् । नेपाल उपाधिकालागि बंगलादेशसंग भिड्ने दिन बैशाख १२ गते भूकम्प गएपछि च्याम्पियनसिप स्थागित भएको थियो ।
सजन यसै महिना कीर्तिपुरमा भएको गणेशमान सिंह कप अन्तर विद्यालय फुटबल प्रतियोगितामा उत्कृष्ट डिफेन्डर चुनिएका थिए । त्यस्तै दक्षिण कोरियामा भएको यु–१२ फुटबलमा हार्दिकले गोलरक्षकको भूमिका निभाएका थिए । त्यो प्रतिस्पर्धामा नेपाल दोश्रो भएको थियो ।
एलएका प्रिन्सिपल मुकुन्दराज शर्माले उनीहरुलाई खादालगाइ एक कार्यक्रमबीच सम्मान गरे ।

 

Comment