सफल र मन्जुलाई स्वर्ण

tt1प्रभात इङलिस सेकेन्डरी स्कुलका सफल अवाल र मन्जु सुवालले छैटौं कृष्णध्वज स्मृति अन्तरविद्यालय÷कलेज राष्ट्रव्यापी टेबलटेनिस प्रतियोगितामा आइतबार स्वर्ण जितेका छन् । स्कुलतर्फ यु–१० उमेरसमूहअन्तर्गत सिंगल्सको ब्वाइजमा सफल र गल्र्समा मन्जु पहिलो भएका हुन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज फाइनलमा सफलले प्रभातकै कृस आचार्यलाई १४–१२, ९–११, ११–९, ६–११ र १७–१५ को सेटमा पराजित गरे । शुभकामना सेकेन्डरी बोर्डिङ स्कुलका विशाल गोले र आदर्श विद्या मन्दिरका अवायोङ राई संयुक्त रुपमा तेश्रो भए ।
गल्र्सको फाइनलमा मन्जुले पनि आफ्नै स्कुलकी आरती सुवाललाई १४–१६, ११–५, ११–३ र ११–३ को सोझो सेटमा हराइन् । श्री ज्ञान मन्दिरका तृषा महर्जन र निशी अवालेले तेश्रो स्थानमा चित्त बुझाए ।
काठमाडौं जिल्ला टेबलटेनिस संघको तत्वावधानमा वि फेयर साइलेन्स सर्भिस प्रा.लि. द्वारा आयोजित प्रतियोगिताको कलेजतर्फ महिला टिम इभेन्टमा प्राइम कलेजले पहिलो स्थान हात पा¥यो । फाइनलमा प्राइमले क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) लाई ३–१ ले पाखा लगायो । प्रभात र युनिक एकेडेमी संयुक्त रुपमा तेश्रो बने ।
तीनदिने प्रतियोगिताको स्कुलतर्फ १० र कलेजमा ७गरी जम्मा १७ स्पर्धामा २ सय ५० खेलाडीको सहभागिता रहेको प्रतियोगिता संयोजक सुरज खत्रीले जनाएका छन् ।

Comment