डाक्टर बुलन्द थापालाई कराँतेकर्मीको सम्मान

Shamman1
कराँते खेलाडीहरुले चिकित्सा विज्ञान राष्टिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक प्राध्यापक डाक्टर बुलन्द थापालाई बधाई तथा सफल कार्यकालकालागि शुभकामना दिएका छन् । थापाले लामो समयदेखी नेपाली खेल जगत्मा समेत योगदानगर्दै आएका छन् । उनी २०४२ सालदेखी २०४६ सालसम्म काजमा खेलकुद क्षेत्रमा खटिएका थिए । त्यसपछि उनले नेपाली खेलकुदको स्वास्थ्य क्षेत्रमा कन्सल्ट्यान्ट डाक्टरका रुपमाकामगर्दै आएका छन् । उनी दक्षिण एशियाली खेलकुद प्रतियोगिता, एशियाली खेलकुद प्रतियोगिता लगायत थुप्रै प्रतियोगितामा नेपाली टोलीको मेडिकल टिमको नेतृत्व गर्दै सहभागिभएकाथिए । थापालाई दक्षिण एशियाली खेलकुद प्रतियोगिताका स्वर्ण विजेता तथा हाल राष्टिय टिमका प्रशिक्षक समेत रहेका कुशल श्रेष्ठ सहित एघारौँ सागका स्वर्ण विजेता  सुनिल लामा, पर्शुराम बाँस्तोता, जनकसिंह खड्का, तारा गुरुंग, राम लामा, शेखर थपलिया, सिमोन केसी लगायतका कराँते खेलाडी तथा प्रशिक्षकहरुले सम्मान गर्दै सफल कार्यकालको शुभकामना दिए । डा थापा यसअघि ०६७ चैतदेखी ०७१ ऋसारसम्मवीर अस्पतालका कार्यकारी निर्देशक थिए ।

 

Comment