तेक्वान्दो स्टार मनीताले छाडिन् राष्ट्रिय टोली

photoemanitae
टोलीकी कप्तान समेत रहेकी तेक्वान्दो स्टार मनीता शाहीले राष्ट्रिय टिम छाडेकी छिन् । ब्यक्तिगत कारणले टिम छाडेकी मनीता शुक्रबार नै अमेरिका प्रश्थान गर्दै छिन् । तेक्वान्दो राष्ट्रिय टोलीले उनलाई राष्ट्रिय तेक्वान्दो प्रशिक्षण हलमा औपचारिक रुपमा विदाइ ग¥यो । साथै तेक्वान्दो संघले सम्मान पत्र पनि प्रदान गरेको छ ।  त्यसै विदाइ कार्यक्रममा भाव बिह्वल हुदै मनीताले भनीन्, “ तेक्वान्दो नै मेरो जिवन बन्यो । म यसैमा रमाए । तर, ब्यक्तिगत र स्वास्थ्यका कारणले राष्ट्रिय टोली छाड्दा दुख लागेको छ । ”उनले भनीन्, “ म जहा रहे पनि तेक्वान्दो प्रतिको समपर्णमा कमी आउने छैन । ” विदाइ कार्यक्रममा प्रमुख अतिथीको आशषनबाट बोल्दै तेक्वान्दो संघका उपाध्यक्ष हरिश्वर पोखरेलले मनीता उदाहरणीय खेलाडी भएकोक भन्दै पछिल्लो पुस्ताले पनि उनलाई अनुशषरण गर्नु पर्ने बताए । तेक्वान्दो संघका महासचिव दिपराज गुरुङ्गले मनीताको खेल जिवनको महत्वपूर्ण पाटो बारे प्रकास पारे । तेक्वान्दो मुख्य प्रशिक्षक  ध्रुब गुरुंगले मनीताले दिलाएको योगदान महतवपूर्ण  अबिस्मरणीय भएको बताएका छन्  । राखेप तालीम तथा प्रशिक्षण विभागका कार्यबाहक निदेर्शक तथा बरिष्ठ तेक्वान्दो  साहयक मुख्य प्रशिक्षक अजुर्न बिकले मनीतासंग नेपाली तेक्वान्दोको साथ छुट्ुन पिडादायक भए पनि उनको सुखद भबीश्यको आशाले खुसी तुल्याएको बताए । प्रशिक्षक हेमन्त डागीले कार्यक्रम सञ्चालन गरेका थिए । बरिष्ठ तेक्वान्दो प्रशिक्षक मिन थापा, पारा तेक्वान्दो प्रशिक्षक कल्याण कुबर , तेक्वान्दो संघका सदस्य कबीराज खड्गी लगायत राष्ट्रिय टोलीका खेलाडीहरु विदाइ कार्यक्रममा उपस्थित थिए ।
मनीता सन् २००६ मा उच्च फर्ममा रहेकी थिइन् । उनले त्यसै बर्ष कोलम्बोमा भएको १० औ दक्षिण एसियाली खेलकुदमा स्वर्ण तथा दोहामा भएको एसियाली खेलकुदमा काश्य पदक जितेकी थिइन् । उनी ११ औ दक्षिण एसियाली खेलकुदमा भने दुर्भाग्यशाली रुपमा रजत पदकमा सिमित भइन् ।
सन् २००२ देखि नेपाली तेक्वान्दोमा छाएकी मनीता त्यसै बर्ष भएको दोस्रो अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जित्न सफलल भएकी थिइन् । सन् २००३ मा पहिलो कारियन एम्बसडर तेक्वान्दो प्रतियोगिताकी स्वर्ण पदक विजेता उनी सन् २००४ मा यसैको अर्को सस्करणमा पनि स्वर्ण जित्न सफल भइन् । सन् २००५ मा कोसी आमन्त्रण तेक्वान्दो प्रतियोगिताम स्वर्ण जितेकी उनले सन् २००६ मा कोरियन एम्बसडरकपमा पहिला स्थान हात पारिन् ।
सन् २००७ मा कोरियामा भएको बिश्व तेक्वान्दो कल्चर एक्सोमा स्वर्ण पदक जित्न सफल भएकी थिइन् । सन् २००७ मा उनी तेस्रो कोरियन ओपन अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगिताम रजत पदक जित्न सफल भइन् । सन् २००९ मा कोरियन एम्बडर तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितिन् । त्यसै बर्ष भएको पाचौ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेकी उनी सन् २०१० मा इन्डिया ओपन अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जित्न सफल भइन् । सन् २०१० मा उनी केबीएस कोरिया ओपन तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जित्न सफल भइन् । सन् २०११ मा पहिलो माउन्ट एभरेस्ट तेक्वान्दो प्रतियोगितामा उनले स्वर्ण पदक जितिन् । सन् २०१२ मा भएको छैटौ राष्ट्रिय खेलकुदमा उनले फेरी स्वर्ण पदक जित्दै आफ्नो लामो समयको प्रभावलाई कायम राखिन् । सन् २०१२ मा अमेरिकामा भएको नवौ मैत्री तेक्वान्दो प्रतियोगिता र सन् २०१४ मा भएको दोस्रो माउन्ट एभरेस्ट तेक्वान्दो प्रतियोगितामा उनले स्वर्ण पदक जितेकी थिइन् ।
यसैगरी उनले सन् २००५ मा स्पेनमा भएको पाचौ बिश्व च्याम्पियनसीप,सन् २००६ मा थाइल्यान्डमा भएको एसियन तक्वान्दो च्याम्पियनसीप र  भियतनाममा भएको बेइजिंग ओलम्पिक छनोटमा सहभगि भएकी थिइन् । सन् २००९ मा युएस ओपन, सन् २०१० मा एसियाली खेलकुद र लन्डन ओलम्पिकमा लागि थाइल्यान्डमा सन् २०११ मा भएको छनोट खेलमा उनी सहभागि थिइन् ।
सन् २००७ उनले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघबाट उनले प्लेयर अफ द इयरको अवार्ड पाइन् । सन् २००८ मा उनले त्यसै सस्थाबाट बेस्ट प्लेयर अफ द इयरको अवार्ड पाइन् । नेपाल खेलकुद पत्रकार मञ्चबाट एलजी प्लेयर अफ दइयरको अवार्ड पाएकी उनले डाबर नेपालबाट पनि पुरस्कार पाएकी छिन् ।
मानबीय सम्बेदनाकी प्रतिक
अनुशाषित र भद्र ब्यक्तित्व मनीता मानबीय समबेदनाले पूर्ण ब्यक्तित्व मानीन्छन् । यसै बर्ष तेक्वान्दो प्रशिक्षक राजेन्द्र केसीको जिवनमा आएको विपत्तीमा सक्रियताका साथ दिने मनीताले टेनिस संग सम्बन्धीत मनोज नेपालीको उपचारको क्रममा पनि आर्थीक सहयोग उपलब्ध  गराउन लागी परिन् । १२ बैशाखमा गएको भुकम्पमा सामान्य घाइते भएर हिडडुल गर्न कठिनाइ भए पछि उनले विपत्तिमा साथ दिन नसेकेकोमा गुनासो गरेकी थिइन् ।
 
अबको कप्तान आयशा
मनीता पछि हाल राष्ट्रिय टोलीमा सबैभन्दा पुराना खेलाडी आयशा शाक्य विस्ट र यान कुमारी चौलागाइ छन् । विदाइ कार्यक्रममा बोल्दै महासचिव  दिपराज गुरुङ्गले मनीता जस्तो कुशल कप्तान कमै हुने प्रतिक्रिया दिए । आफु विदेश जाने भए पछि पनि मनीता सधै राष्ट्रिय टोलीको अबस्था र अबको तेक्वान्दोको भबीश्यको बारे सचेत रहेको गुरुंगले बताए । त्यसै कार्यक्रममा उनले अबको नेतृत्व आयशा हुन सक्ने बताए ।

Comment