कृष्णध्वज स्मृति टेटे हुने

काठमाडौं जिल्ला टेबलटेनिस संघको तत्वावधान तथा वि फेयर साइलेन्स सेर्भिस (वाइएफएस) को आयोजनामा छैटौं कृष्णध्वज स्मृति राष्ट्रव्यापी अन्तरविद्यालय तथा कलेज टेबलटेनिस प्रतियोगिता भदौ २० गतेदेखि हुने भएको छ ।
स्कुलतर्फ १२ तथा कलेजमा ७ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सुरज खत्रीले जनाएका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा ४ दिनसम्म चल्ने प्रतियोगितामा करिब २ सय ५० खेलाडीको सहभागिता रहने बताइएको छ ।

Comment