हरेराम जोशी स्मृति टेटे हुने

स्व. हरेराम जोशी फाउन्डेसनको आयोजनामा दसौं हरेराम जोशी स्मृति खुला टेबलटेनिस प्रतियोगिता भदौ १८ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा छात्र÷छात्राको १२ र १६ वर्षमुनि सिंगल्स, खुला पुरुष सिंगल्स तथा भेट्रान्स ४०–५० वर्षसम्म र ५० वर्षमाथि गरी जम्मा ७ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । करिब ३ सय खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक राजेन्द्र कपालीले जनाएका छन् ।
दुईदिने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा हुनेछ । स्व. हरेराम जोशी टेबलटेनिसका पूर्व मुख्य प्रशिक्षक रमेशराजका पिता हुन् ।

Comment