नेपाललाई साफ यू–१९ फुटबल च्याम्पियनसिप

bimal trophy1

नेपालले काठमाडौमा सम्पन्न साफ यू–१९ फुटबल च्याम्पियनसिपको उपाधि जितेको छ । उपाधि जित्ने क्रममा नेपालले फाइनलमा भारतलाई टाइब्रेकरमा ५–४ ले पराजित ग¥यो । निर्धारित समयमा दुवै टोलीले १÷१ गोल गरेका थिए । टाइब्रेकरमा भारतका मिनाउद्धिनको प्रहार नेपाली टोलीका गोलरक्षक सोहीत गुरुङ्गले बचाएका हुन् । टाइब्रेकरमा नेपालका अनन्त तामांग डोन थापा, बिश्वास श्रेष्ठ, सुनील बल र हेमन्त थापा मगरले गोल गरे । भारतका डानीयल, सहजाज , सार्थीक गौली र हेडनले गोल गरे  ।
नियमित समयको ३१ औ मिनेटमा सुनील बलको फ्रिकीकमा तेज तामांगले नजीकैबाट गोल गरेका थिए । ८८ औ मिनेटमा दिनेस राजबंशीले ह्यान्ड गरे पछि प्राप्त पेनाल्टीमा सहजजाजले गोल गरेका थिए । दुइ दशक यता नेपालले फुटबलमा पाएको यो सबैभन्दा ठूलो सफलता हो ।

 

Comment