कराते विवाद निर्वाचनले समाधान गर्छ ः गुरुङ्ग

fatta
राष्ट्रिय खेलकुद परिषद्का सदस्य  फत्त बहादुर गुरुङ्गले नेपाली करातेको समस्या समाधानका लागि सबैभन्दा उपयुक्त समाधान नै आसन्न निर्वाचनलाई सबै पक्षले सहयोग गर्ने भएको बताएका छन् । सदस्य गुरुङ्ग भन्छन् “ नेपाली खेलकुदमा करातेको आफ्नौ गौरवशाली इतीहास छ । यसलाई जोगाइ राख्नु हामी सबैको दायीत्व हो । ” उनले आठौ दक्षिण एसियाली खेलकुदमा १४ स्वर्ण पदक जितेको करातेको स्तर अहले खस्केको र यसलाई  उकास्न बिशेष  प्रशिक्षण शैली आबस्यक रहेको बताउदै परिषद्मा आफूले यसै कुरालार्इै जोडदार रुपमा उठाउने बताएका छन् ।  कराते प्रशिक्षकको रुपमा लामो समय विताएका उनी एकेएफ रेफ्रि पनि हुन् ।
उनले पोखरामा खेलकुदको मोह अत्याधीक भए पनि यसलाई ब्याबसायीक र ब्यबस्थित रुपमा दिन आबस्यक रहेको बताए । गुरुङ्ग त्यसो भएमा अन्तराष्ट्रिय स्तरमा नेपालको खेल स्तर उकास्न पोखरा सफल हुने बिश्वास ब्यक्त गरे । “पोखराको आम ब्यक्तिमा खेलकुदको मोह छ । यसलाई ब्यबसायीक रुपमा उपयोग गर्न र खेलकुदलाई ब्यबस्थित गर्न सके धेरै राम्रो सम्भावना छ , ”उनले भने । २५ बर्ष खेलकुदमा विताएका कारण ती  अनुभब बोर्ड सदस्यको रुपमा काम गर्न उपयोगी हुने कुरामा उनी बिश्वस्त छन् । हरेक प्रतियोगिता ब्यबस्थित गर्ने र खेलकुदलाई माया गर्ने आम नागरिकलाई संलग्न गराउनु  महत्वपूर्ण भएको उनी बताउछन् ।

 

Comment