कराते टोलीको बिदाइ

ekk
जापानको याकोहामामा हुने करातेको रेफ्री सेमिनारमा भाग लिने नेपाली टोलीलाई शुक्रबार बिदाइ गरियो । अगष्ठ ३१ देखि सेप्टेम्बर ३ तारिखसम्म सेमिनारमा प्रकाश मोहन धौभडेल, फत्तबहादुर गुरुङ, विसन मोते, बालकृष्ण रावल, श्याम शेर्पा र कर्माबहादुर सिंहले भाग लिने छन् । रेफ्री टोली शनिबार प्रस्थान गर्नेछन् ।
त्यस्तै अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल कराते महासंघका महासचिव केदारबाबु सिवाकोटी पनि जापानमै हुने सेप्टेम्बर ३ तारिखमा हुने कोंग्रेसमा सहभागी हुने छन् । अफिसियलमा मदन आचार्य छन् । उनीहरु आइतबार जानेछन् ।
जापानमै सेप्टेम्बर ४ देखि ६ तारिखसम्म हुने १३ औं एसियाली कराते च्याम्पियनसिपमा नेपालबाट ममिता श्रेष्ठले एकल कातामा प्रतिस्पर्धा गर्ने बताइएको छ ।

Comment