तेक्वान्दो प्रशिक्षक कोरियातर्फ

taek bablue

ग्लोबल तेक्वान्दो मास्टर्स टे«निङ प्रोग्राममा सहभागी हुन ३ सदस्यीय तेक्वान्दो प्रशिक्षक टोली शुक्रबार दक्षिण कोरिया प्रस्थान गरेको छ । सिराहा जिल्ला खेलकुद विकास समितिका प्रशिक्षक पूर्ण योञ्जन, दिलिप स्मृति ब्वाइज युनियन तेक्वान्दो डोजाङका स्वयंसेवक प्रशिक्षक राजेन्द्र खत्री र सीतापाइला तेक्वान्दो डोजाङका स्वयंसेवक प्रशिक्षक बब्लु सिवाकोटीले तालिममा भाग लिने छन् ।

विश्व तेक्वान्दो एकेडेमी (कुकिवन) को आयोजनामा ट्रेनिङ अगष्ट ३१ देखि अक्टोबर ९ तारिखसम्म सञ्चालन हुनेछ । टोलीलाई नेपाल तेक्वान्दो संघका उपाध्यक्ष हरिश्वर पोखरेल, तेक्वान्दो मुख्य प्रशिक्षक ध्रुव गुरुङलगायतले एक कार्यक्रमबीच बिदाइ गरे ।

Comment