नेपाली टोलीको चयन

भारतसंग हुने मैत्रीपूर्ण खेलका लागि थी्रस्टार क्लब र नेपाल पुलिस क्लबका ६ ÷६ खेलाडी टोलीमा समाबेश गरिएका छन् । प्रशिक्षक ध्रुब केसी र हरि खड्काले हाल प्रशिक्षणमा रहेका ३० खेलाडी मध्यबाट अन्तिम २५ को छनोट गरेका हुन् । ३१ अगस्टमा नेपाल र भातविच मैत्रीपूर्ण खेल हुदै छ ।
टोलीमा तीन गोलरक्षक, आठ रक्षक, सात मिमफील्डर र सात फरवार्ड रहेका छन् । हाल अन्डरनाइन्टी प्रतियोगिता खेलिरहेका विमल घर्ती, अनन्त तामांग, बिश्वास श्रेष्ठ र अन्जन विष्ट टोलीमा छन् ।
टोलीका गोलरक्षकमा किरण चेम्जोंग, रितेस थापा र विकेस कुथु छन् । रक्षकमा विराज मर्हजन,रोहीत चन्द, सागर थापा,अनन्त तामांग,सन्दिप राइ, रञ्जित धिमाल, अजित भण्डारी र रबिन श्रेष्ठ छन् । मिडफील्डरमा विक्रम लामा, विसाल राइ,भोलानाथ सिलवाल, जगजीत श्रेष्ठ,सुसील केसी, बिश्वास श्रेष्ठ र राजु तामांग छन् । फरवार्डमा अनील गुरुंग, भरत खवास, विमल घर्ती, जवयुग श्रेष्ठ, जमनु राइ र भरत शाह छन् ।

 

Comment