नेपाल र भारत फाइनलमा

nepal final2

काठमाडौमा जारी साफ यू–१९ फुटबल च्याम्पियनसिपमा नेपाल फाइनलमा प्रबेश गरेको छ । फाइनल प्रबेशको क्रममा नेपालले बिहिबार भएको सेमिफाइनलमा अफगानीस्तानलाई ३–२ ले पराजित ग¥यो । नेपाललाई जित दिलाउने क्रममा अन्जन बिष्टले दुइ गोल गरे भने  सुनील बलले एक गोल गरे । नेपालले फाइनलमा भारतसंग खेल्ने छ । ३४ औ मिनेटमा सुनीलको कर्नरमा हेड गर्दै अन्जनले पहिलो अग्रता दिलाए । ३९ औ मिनेटमा अन्जनले नै दोस्रो गोलको अग्रता दिलाए । ५० औ मिनेटमा अनन्त तामांगले क्लीयर गर्न गरेको हेड गोलमा परिणत भए पछि अफगानीस्तान खेलमा फर्कीएको थियो । ५३ औ मिनेटमा सुनीलले फ्रिकीकमा सानदार गोल गरे पछि नेपालको जित निश्चित झै भएको थियो । ७२ औ मिनेटमा मेहदी रेजाले गोल गरे पछि अफगानीस्तान खेलमा फर्कीने सम्भमवना देखिएको थियो ।
अर्को सेमिफाइनलमा भारतले बंगलादेशलाई  समयनडेथमा पराजित ग¥यो । यी दुइ विचको खेल नियमित र अतिरिक्त समय गोल रहित बराबरीमा सकिएको थियो । नेपाल र भारत विच शनीबार फाइनल खेलन हुने छ ।

 

Comment