बंगलादेशविरुद्ध भिड्दै नेपाल

football india2

काठमाडौमा जारी साफ यू–१९ फुटबल च्याम्पियनसिपमा सोमबार  नेपालले  बंगलादेशसंग खेल्दै छ । बंगलादेशसंगको खेलले समूह ‘ए’ को विजेता र उपविजेताको टुंगो लाग्ने छ ।

बंगलादेश र नेपाल समूहबाट सेमिफाइनल प्रवेश गरिसकेकाले पनि उनीहरूबिचको लडाइँ प्रतिष्ठा समूह विजेता र उपविजेताका लागि हुनेछ । प्रतियोगितामा आफूलाई उपाधि दावेदार रहेको नेपाल बराबरीले पनि समुहमा पहिलोे हुने छ । नेपाली टिमका प्रशिक्षक बालगोपाल महर्जनले नेपाली टिम बंगलादेशलाई हराउनका लागि नै मैदानमा उत्रने बताउछन् । उनले सबै खेलाडी फिट भएकाले पनि बंगलादेशविरुद्धको चुनौतीलाई पाखा लगाउन सक्नेमा ढुक्क रहेको बताए ।

यस अघि आइतबार भएको आइतबार भएको समूह ‘बी’ को आफ्नो पहिलो खेलमा भारतले उपाधि दावेदारीमा बलियो मानिएको अफगानिस्तानलाई २–० ले पराजित गरेको छ । अफगानिस्तानलाई पराजित गर्ने क्रममा भारतले पहिलो हाफको १०औं मिनेटमा कमलप्रित सिंहको गोलबाट अग्रता कायम गरेको थियो ।

भारतले दोस्रो गोल दोस्रो हाफको अन्तिम समयमा सम्भव बनायो । उसका लागि अनिरुद्ध थापाले ८६औं मिनेटमा टिमका लागि दोस्रो गोल गरेका थिए । दुवै टिमको प्रतिस्पर्धात्मक खेलमा अफगानिस्तानले भने पाएका केही राम्रा मौका चुकायो यद्यपि भारतले पाएका सीमित मौका सदुपयोग गर्दा जित आत्मसात् गर्न सफल रह्यो ।

Comment