इसिडिसि तेक्वान्दोको ग्रेडिङ सम्पन्न

Manoj Shiama
23 August, 2015 9:54 am

ecdcइसिडिसि तेक्वान्दो डोजाङ र इसिडिसि पारा तेक्वान्दो डोजाङले शनिबार डोजाङका ३५ जना खेलाडीलाई ग्रेडिङ प्रदान गरेको छ ।
बूढानिलकण्डको चपलिमा रहेको डोजाङले पारा तर्फका १५ तथा बाकी २० जना सबल खेलाडीलाई गे्रडिङ प्रदान गरेको प्रशिक्षक यादव कुँवरले बताए । पारातर्फ पाँच खेलाडीलाई रातो बेल्ट,४ खेलाडीलाई हरियोँ÷निलो बेल्ट र ६ जनालाई पहँलो÷हरियो बेल्ट भने ननपारा तर्फ पाँचलाई खेलाडी रातोँ,७ खेलाडीलाई निलो÷हरियो र ८ खेलाडीलाई हाफ ग्रीन प्रदान गरिएको कुँवरले बताए ।
खेलाडीलाई विश्व पारा तेक्वान्दोका पदक विजेता तथा अन्र्तराष्ट्रिय प्रशिक्षक यादव कुँवरले ग्रडिङ प्रदान गरेका थिए । यादव,चौथो विश्व पारा तेक्वान्दो र पाँचौ विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा क्रमश कास्य र रजत पदक विजेता खेलाडी हुन् ।  सो अवसर उनले कूँवरले खेलाडीलाई अनुशासित भएर तेक्वान्दोमा अगाडी बढ्न सुझाव दिए । प्रशिक्षक कल्याण कूँवरले दर्जासगैँ थपमेहनत गर्न शुभकामना ब्यक्त गरे ।
डोजो रहेको स्थान प्रारम्भिक बाल विकास केन्द्रका सस्थापक एवम् सन् २०१२ की सिएनएन हिरो पूस्पा बस्नेतले ग्रेडिङ प्राप्त खेलाडीहरुलाई दर्जा बढोन्नतीसगैँ अन्तराष्ट्रिय सफलता हात पार्दै देशको नाम राख्न शुभकामना ब्यक्त गरिन् ।