एनटीएद्वारा होमर्शद सम्मानित

Manoj Shiama
22 August, 2015 11:19 am

ashok khadkae
फोरेनर्स हङकङ तेक्वान्दो एसोसिएसनका अध्यक्ष होमर्शद गुरुङलाई नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) ले शुक्रबार सम्मान गरेको छ ।
एनटीएका अध्यक्ष एवं तेक्वान्दो खेलाडी अशोक खड्काले गुरुङलाई सम्मान पत्र प्रदान गरे । सो अवसरमा गुरुङले एनटीएद्वारा निर्माणाधिन तेक्वान्दो एकेडेमीका लागि १० हजार आर्थिक सहयोग उपलब्ध गराएका थिए ।
त्यस्तै हाल थलीमा आश्रय लिइरहेका सिन्धुपाल्चोकका विभिन्न स्थानका ४८० भूकम्प पीडित मध्ये एनटीएले निःशुल्क तेक्वान्दो प्रशिक्षण गराइ रहेको ४० बालवालिकालाई तेक्वान्दो पोशाक खरिद गर्न २५ हजार आर्थिक सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाएको अध्यक्ष खड्काले जनाएका छन् ।