नेपालको विजयी सुरुवात

bimale
नेपालले यु–१९ साफ च्याम्पियीनसीप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । बिहिबार एन्फा कम्प्लेक्स सातदोबाटोको मैदानमा भएको खेलमा नेपालले भुटानलाई ३–१ ले पराजित ग¥यो । खेलमा नेपालका विमल घर्ती मगरले ह्याट्रिक गरे । उनी चौथो गोलको नजीक पुगे पनि पेनाल्टी खेर फालेका थिए । १० औ मिनेटमा बिमलले क्लीनीकल फीनीसीङको नमुना देखाउदै पहिलो गोल गरे । तथापी नेपालको अग्रता एक मिनेट भन्दा बढी टिक्न सकेन । लगत्तै सोनाम टोग्वले पनि आकर्षक गोल गर्दै भुटानलाई खेलमा फर्काए । ३० औ मिनेटमा बिमलले त्यत्तिकै आकर्षक गोल गरे पछि नेपालले अर्को पटक अग्रता लियो । ६२ औ मिनेटमा बिमलले अर्को गोल गरे । ७३ औ मिनेटमा बिश्वास श्रेष्ठलाई लडाइए पछि प्राप्त पेनाल्टी अबसरलाई विमलले खेर फाले । उनको प्रहार साइडबारमा लागेर बाहीरिएको  थियो ।
खेलमा दवाव दिएको नेपालले अनेकौ मौका गुमाएको थियो । पेनाल्टी पाएको एक मिनेट अघि मात्र बिश्वासको पासमा बिमलले प्रहार गरेको बल गोलपोस्टको छेउैबाट बाहीरिएको थियो ।
पहिलो अबसर भने भुटाननले पाएको थियो । पाचौ मिनेटमा सोनाम टाग्बेले गोलरक्षक मात्रै भएको अबसरमा पनि गोल गर्न चुकेका थिए । खेलमा राम्रो अबसर गुमाउनेमा बिमल नै रहे । १५ औ मिनेटमा बिश्वासको क्रसमा बिमल हेड गर्न चुके । त्यसको लगत्तै सुदनको पासमा अन्जन बिस्टले नजीकैबाट गरेको प्रहार बाहीरियो । पहिलो हाफको मध्यमा भुटान पनि केही आक्रमक बनेको थियो । केजाङ वाङदीको प्रहार नेपाली गोलरक्षकले बचाएका थिए ।
पहिलो जितमा बाबजुद चार पहेलो कार्डको कारण नेपाली टोलीमा दवाव थपीएको छ । प्रतियोगिताको कुनै पनि दौरान नेपालका कुनै पनि खेलाडी प्रतिबन्धीत हुन सक्ने छन् । ४२ औ मिनेटमा आकास थामाले पहेलो कार्ड पाए । ६७ औ मिनेटमा हेमन्त थापाले अर्को पहेलो कार्ड पाए भने ८८ औमा कमल श्रेष्ठ तथा इन्जुरी समयमा तेज तामाङले पहेलो कार्ड पाए । नेपाली टोलीका प्रशिक्षक जितका बाबजुद टोलीको प्रदर्शनमा असन्तुष्ट रहे । ‘ प्रतियोगिताको पहिलो खेल भएका कारण केही नर्भसपन देखिएको हुन सक्छ । ’ यसै खाले प्रदर्शनले उपाधि जित्न कठिन हुने उनको आकलन थियो । सनका समकक्षी प्रतिद्वन्दी भुटानका चोकी निमाले नेपाली टोली जितको हकदार भएको बताए । भुटानी रक्षकले नेपाली स्ट्राइकरको स्पीडलाई भेट्न नसकेको बताए । नेपालको दोस्रो गोल नै खेलको टर्नीङ प्वाइनट भएको उनले बताए । उनले नेपाल उपाधिको बलियो दाबेदार रहेको पनि बताए । नेपालले समुहमा अर्को खेल सोमबार बंगलादेशसंग खेल्ने छ । शुक्रबार माल्दीभ्स र अफगानीस्तानका विच खेल हुने छ । तस्बिर सौजन्य ः गीभ मि गोलडटकम

Comment