खुला टेबलटेनिस हुने

शारीरिक शिक्षातथा खेलकुद समाज (सोफेश) को आयोजनामा चौथो विद्यालय स्तरीय खुला टेबलटेनिस प्रतियोगिताभदौ २५ गतेदेखि हुने भएको छ । प्रतियोगितामा छात्र÷छात्राखुला सिंगल्स, यु–१२ छात्र÷छात्रा सिंगल्स तथाछात्र÷छात्राटिम इभेन्ट गरी जम्मा ६ स्वर्णकालागि प्रतिस्पर्धा हुने आयोजकका अध्यक्षप्रा.डा. रामकृष्ण महर्जनले जनाएका छन् ।कक्षा १० सम्ममा अध्ययनरत विद्यार्थीले मात्र सहभागी हुन पाउने प्रावधान छ ।
छात्र÷छात्रा खुला सिंगल्सका विजेताले १० हजार, उपविजेताले ५ हजार र तेश्रो हुने दुई खेलाडीले २–२ हजार नगद पुरस्कार हात पार्र्ने छन् । यु–१२ छात्र÷छात्रा सिंगल्समापहिलो हुनेले ५ हजार, दोश्रोले २ हजार र तेश्रो हुनेले १–१ हजार नगद पुरस्कार थाप्ने छन् । टिम इभेन्टमा नगद पुरस्कार राखिएको छैन ।
विभिन्न २५ विद्यालयकाकरिब १ सय ५० खेलाडीको सहभागिता रहने आयोजकको अनुमान छ । दुर्इ दिने प्रतियोगिताका खेलहरु सामाखुशीस्थित पुष्पकुञ्ज उमाविमा हुनेछ ।

Comment