पुष्पसदन विजयी

पुष्पसदनले गणेशमान सिंह कपअन्तर विद्यालय छात्र फुटबल प्रतियोगितामा बुधबार जित हात पारेको छ । कीर्तिपुरस्थित ल्याबोरेटरी उमाविको मैदानमा पुष्पसदनले आइडियल मोडेललाई ३–० गोलले पराजित ग¥यो । गणेशमान सिंह फाउन्डेसनद्वारा आयोजित प्रतियोगिताको अर्को खेलमा जेभियरले रुपिज इन्टरनेसनल स्कुललाई टाइब्रेकरमा ४–२ गोलले हरायो । निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएको थियो ।
जितसंगै पुष्पसदन र जेभियर क्वाटरफाइनलमा प्रवेश गरेका छन् । अघिल्लो दिन आ–आफ्नो खेलमा जित हात पार्दै ज्ञानोदय र ल्याबोरेटरीले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका थिए ।

Comment