नेपाललाई समुहमा पहिलो स्थान

nepal team
उतराद्र्धमा क्षीतीज राजले गरेको एक मात्र गोलमा अफगानीस्तानलाइ पराजित गर्दै नेपाल यु¬–१६ साफ च्याम्पियनसीप फुटबल प्रतियोगिताको समुह चरणको खेलमा पहिलो स्थान हता पार्न सफल भएको छ । बंगलादेशको सिलेटमा जारी प्रतियोगिताको पहिलो खेलमा नेपालले माल्दीभ्सलाई ५–० ले पराजित गरेको थियो । नेपालले आइतबार समुह बीको उपविजेता भारतसंग सेमिफाइनल खेल खेल्ने छ ।
बर्षाले प्रभावित खेलमा क्षीतीजले ४८ औ मिनेटमा गोल गरेका थिए । बर्षाका कारण ३० मिनट ढिला सुरु भएको खेलमा नेपालका प्रजिन तामांग ३० औ मिनेटमा गोलको नजीक पुगे पनि उनको प्रयास सफल भएन । उतराद्र्धमा नेपाल अझ बलीयो रुपमा प्रश्ुतुत भएको थियो । नेपाली टोलीका प्रशिक्षक उपेन्द्र मान सिंहले टोलीको प्रदर्शन स्तरीय भएको बताउदै आगामी खेलमा पनि यसै स्तरको निरन्तरता आबस्यक रहेको बताए ।

Comment