निरज र लुनिभालाई स्वर्ण

om

निरज अधिकारी र लुनिभा तुलाधरले दास्रो जिलेट तथा सातौँ राष्ट्रिय गोजूरियो ओसिकाई कराते प्रतियोगिताको एकल कातामा स्वर्ण जितेका छन् । शुक्रबार भएको खेलमा निरजले पुरुष एकलमा बिसान्त रानामगरलाई तथा लुनिभाले महिला एकलमा सुलोभिका अधिकारीलाई हराएका थिए ।
त्यसैगरी, पुरुष २० के.जी तौल समुह मुनि सुमन बस्नेतले स्वर्ण जिते । उनले आफ्नै डोजो प्रससांका रोसन राना मगरलाई ६–४ अङ्कले हराएका थिए । दुईदिने प्रतियोगिताको उद्घाटन सभासद ध्यानगोबिन्द रजिंतले गरेका थिए । सो अवसरमा आयोजक सघंका अध्यक्ष एवम् जिलेट उच्च माविको प्रधानध्यापक नेत्र सुब्बा,सघंका महासचिव एवम् मुख्य प्रशिक्षक ओम कृष्ण प्रसाइँ लगायतको उपस्थित रहेको थियो । प्रतियोगितामा कुल २ सय ७० खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

Comment