माल्दिभ्ससंग नेपालको फराकिलो जित

footballबंगलादेशमा जारी तेस्रो साफ यु–१६ फुटबल प्रतियोगितामा नेपाली यु–१६ टोलीले विजयी सुरूआत गरेको छ । सिलएटस्थित जिल्ला स्टेडियममा भएको समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ५–० ले पराजित गर्दै प्रतियोगितामा सानदार सुरूआत गरेको हो । नेपालको जितमा प्रिजन तामाङ र सुमन अर्यालले समान दुई–दुई तथा लक्ष्मण परियारले एक गोल गरे ।
खेलको सुरूआतबाट नै आक्रामक रणनीति अपनाएको नेपालले सुरूआतबाट नै माल्दिभ्सको पोस्टमा आक्रमण बुनेको थियो । अभिषेक रिजालको कर्नर बलमा माल्दिभ्सका गोलरक्षकले बललाई नियन्त्रणमा लिन नसकेको अवस्थामा लक्ष्मण परियारले वान टच गोल गर्दै नेपाललाई अग्रता दिलाए । अभिषेक रिजालको ब्याक पासमा प्रिजन तामाङले गोल गर्दै नेपालको अग्रता दोब्बर पा¥यो ।
सुमन अर्यालले गोल गर्दै अग्रता तेब्बर पा¥यो । क्षितिज राज जिटीको पासमा उनले सहज गोल गर्दा नेपालले पहिलो हाफमा नै ३–० को अग्रता बनायो । पहिलो हाफमा तीन गोल गरेको नेपालले दोस्रो हाफमा थप दुई गोल ग¥यो । प्रिजन तामाङले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे । खेलको अन्तिम समयमा सुमन अर्यालले अभिषेक रिजालको कर्नर बलमा हेड गोल गोल गर्दै टोलीलाई फराकिलो जित दिलाए ।
माल्दिभ्सले कुनै पनि समय नेपालको पोस्टमा आक्रमण बुन्न सकेन । खेलपछि नेपाली टोलीका प्रशिक्षक उपेन्द्रमान सिंहले माल्दिभ्सविरूद्व नेपाली टोलीले उत्कृष्ट खेलेको बताए । ‘सुरूबाट नै आक्रामक रणनीतिमा उत्रँदा माल्दिभ्सविरूद्व खेल्न सजिलो भयो ।’
प्रशिक्षक सिंहले भने, ‘माल्दिभ्सविरुद्ध अनपेक्षित नतिजा निकाल्न सक्यौँ । हामीले दुई÷एकको नतिजा सोचेका थियौँ । दोस्रो खेलमा बलियो अफगानिस्तानविरूद्व पनि उत्कृष्ट खेल्नेछाँै ।’ माल्दिभ्सका प्रशिक्षक मोहम्मद सहिदले नेपाली टोलीले उत्कृष्ट खेलेकोमा बधाइसमेत दिए । नेपाल उपाधिको दाबेदार र शारीरिकरुपमा पनि बलियो रहेकाले हाम्रो टोलीले नेपालविरुद्ध खुलेर खेल्न नसकेको सहिदले बताए । अब नेपालले आफ्नो दोस्रो खेलमा शुक्रबार अफगानिस्तानसँग खेल्दै छ ।
प्रतियोगितामा दक्षिण एसियाका ६ राष्ट्रको सहभागिता छ । पाकिस्तान र भुटानले प्रतियोगितामा सहभागिता जनाएका छैनन् । यस्तै समूह ‘ए’ मा आयोजक बंगलादेश, डिफेन्डिङ च्याम्पियन भारत र श्रीलंका रहेका छन् । प्रतियोगिताको सधैँको दाबेदार नेपाली यु–१६ टोली सन् २०११ मा तेस्रो तथा सन् २०१३ मा दोस्रो भएको थियो । अन्य प्रतियोगिताको तुलनामा यु–१६ स्पर्धामा नेपाली फुटबल उत्कृष्ट रहँदै आएको छ ।
Comment