भूकम्प पीडितका लागि थप २ टहरा

ashok khadka
नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) ले विभिन्न २ स्थानका भूकम्प पीडित परिवारका लागि थप दुई टहरा निर्माण गरिदिएको छ । भूकम्प पीडित काभ्रपलान्चोकको खरेलथोक वार्ड नं. ३ निवासी पदमनाथ खरेल र भक्तपुरको बाल्कोट निवासी कृष्णलाल दुवा श्रेष्ठका परिवारका लागि टहरा निर्माण गरिएको एनटीएका अध्यक्ष एवं तेक्वान्दो खेलाडी अशोक खड्काले जनाएका छन् ।
निर्माण कार्यमा अशोकसहित एनटीएका महासचिव तीर्थराज घिमिरे, मिसेस नेपाल रजनी खड्कालगायतले श्रमदान गरेका थिए । टहरा निर्माणका लागि बेजिङस्कोट (युके) निवासी सरिता गुरुङ, रिता राईलगायतले आर्थिक सहयोग गरेको खड्काले जानकारी गराए ।
एनटीएले भूकम्प पीडितको पुनःस्थापना अभियानअन्तर्गत अस्थायी बसोवासका लागि १५ टहरा बनाइ दिने घोषणा अनुरुप योसंगै १२ टहराको निर्माण कार्य पूरा भएको छ ।

 

Comment