प्युटारका भूकम्प पीडितलाई जस्तापाता

min putar
ललितपुरको प्युटार गाविसका विभिन्न ३ वडाका भूकम्प पीडितलाई राहत स्वरुप जस्तापाता वितरण गरिएको छ । उक्त गाविसको वडा नं. ५, ७ र ९ का भूकम्प पीडितलाई जम्मा ३ लाख २५ हजार मूल्य बराबरको जस्तापाता वितरण गरिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जनले जनाएका छन् ।
महर्जनको पहल र जर्मनकी पूर्व कराते खेलाडी एवं युरोपियन च्याम्पियन कात्जा क्रोबले त्यहाँका कराते खेलाडीबाट जुटाएको सहयोगबाट जस्तापाता वितरण गरिएको बताइएको छ ।
महर्जन र क्रोबसहित आठौं दक्षिण एसियाली खेलकुदका स्वर्णधारी रवि महर्जनलगायतले पीडितलाई जस्तापाता हस्तान्तरण गरेका थिए ।

 

Comment