पारा खेलाडीलाई डब्लुटिएफको विशेष प्रशिक्षण

para game
नेपालका दुई पारा तेक्वान्दो खेलाडी वल्र्ड तेक्वान्दो फेडेरेसन (डब्लुटिएफ) र युङ हे विश्वविद्यालयको  पार्टनरसिपमा संचालन भएको विशेष तेक्वान्दो प्रशिक्षणमा सहभागी भइ स्वदेश फर्केका छन् । नेपालबाट पहिलो पटक पारा तेक्वान्दो खेलाडीले यस्तो खालको तालिममा सहभागी हुने मौका प्राप्त गरेका हुन् ।
२१ देखि ३० जुलाईसम्म कोरियामा भएको क्याडेड तालिममा नेपालको तर्फबाट सहभागी हुनेमा विश्वराज बराल र सोमबहादुर सुनवार हुन् । सो तालिममा विभिन्न आठ देशका ५० खेलाडीको सहभागीता रहेको थियो । आइतबार राती स्वदेश फर्किएका दुई खेलाडीलाई नेपाल पारा तेक्वान्दो संघका अध्यक्ष जनार्जन ढुंगेल, उपाध्यक्ष मोहन कार्की, भिमसेन केसी, सचिव लोकेन्द्र आचार्य, माधव कोइरालालगायत पारा खेलाडीले स्वागत गरेका थिए ।
तलिममा सहभागी भएर फर्केका बरालले उत्साहित हुँदै भने, ‘अब म अपाङ छु भनेर चिन्तित हुन्न । तालिमले मलाई सपाङ जस्तै बनाइदिएकोछ ।’ त्यसैगरि सहभागी अर्का खेलाडी सुनुवारले भने, ‘थु्रपै देशमा हामी जस्ता मान्छे रहेछन्, उनीहरु स्वाभिमानपूर्व खेलीरहेका छन् । नयाँ टेक्निक सिकेपछि म उत्साहित भएको छु ।’
नेपालमा अन्य खेलाडीलाई आफूले सिकेको सिकाउने बचत दुवै खेलाडीले दिए । नेपाल पारा तेक्वान्दो संघका अध्यक्ष जनार्जन ढुंगेलले पारा खेलाडीलाई वैदेशिक प्रशिक्षणमा फोकस गर्ने संघको लक्ष्य रहेको बताए । ‘ पारा खेलाडीलाई पूर्ण रुपमा प्रशिक्षत गराएर अन्तर्राष्ट्रियस्तरका खेलाडीहरु उत्पादन गर्नका लागि संघ लागी परेका छ ।’ ढुंगेलले भने, ‘त्यसका लागि बढिभन्दा बढि वैदेशिक प्रशिक्षणलाई फोकस गछौं ।’ उनले पहिलो पटक नेपाली पारा खेलाडीलाई डब्लुटिएफको सो क्याडेड तालिममा सहभागी गराउन सफल भएकोमा खुसी व्यक्त समेत गरे ।

 

Comment