केशबको सानदार सुरुवात

keshav 1e
नेपाली राष्ट्रिय च्याम्पियन केशब श्रेष्ठले युएइमा जारी एसियन कन्टीनेन्टल चेस प्रतियोगितामा सानदार सुरुवात गरेका छन् । पहिलो चरणमा केशबले  भारतीय ग्रान्डमास्टर देबासिस दाससंग बराबरी गरे । दोसो चरणमा उनले अर्का भारतीय ग्रान्डमास्टर एमआर बैंकटेससंग खेल्ने छन् । ८३ खेलाडी सहभागि प्रतियोगितामा केशब ७२ औ बरियताका खेलाडी हुन् ।
प्रतियोगितामा ३६ ग्रान्डमास्टर,१९ अन्तराष्ट्रिय मास्टर र ११ फीडे मास्टर सहभागि छन् ।

 

Comment