चेस खेलाडीको बिदाई

chess fare well
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले विभिन्न प्रतियोगितामा सहभागी हुन जाने नेपाली टोलिको बिदाई गरेका छन् । सातदोबाटो स्थित अन्र्तराष्ट्रिय खेलकुद परिसरमा आयोजित एक समारोहमा २ देखि १३ अगष्टसम्म युएइमा सञ्चालन हुने एशियन कन्टिनेन्टल चेस च्याम्पियनशीप तथा ३ देखि ११ अगष्टसम्म दक्षिण कोरियाको इन्चोन शहरमा आयोजना हुने एशियन युथ चेस च्याम्पियनशीपमा सहभागी हुने दुबै टोलीको संयुक्त बिदाई गरिएको हो ।
युएईमा सहभागी हुने टोलीमा नेपाल च्याम्पियन केशव श्रेष्ठ तथा संघका सचिव हेराकाजी महर्जन रहेका छन् । उक्त च्याम्पियनशिपमा एशियाका ३० देशको सहभागीता हुनेछ ।
कोरियामा सहभागी हुने टोलीमा संघका उपाध्यक्ष बिदुर प्रसाद गौतम, अफिसियल पुरुषोतम थापामगर तथा खेलाडीद्धय मिलन लामा र सुरज लोहनी रहेका छन् । मिलनले १४ वर्षमुनि तथा सुरजले १८ वर्षमुनि उमेर समुहमा प्रतिष्पर्धा गर्नेछन् । उक्त च्याम्पियनशिपमा एशियाका २५ राष्ट्रको सहभागीता रहनेछ ।

Comment