वादोरियोमा गुरु पुजा

guru pujaa
गुरु पूर्णिमाको अवसरमा वादोरियो करातेले शुक्रबार बसुन्धरास्थित यती पार्टि प्यालेसमा गुरु पुजाको आयोजना ग¥यो । जीवनमा सच्चरित्र निर्माण गरि प्रगतीको मार्गमा अघि बढ्न प्रेरणा प्रदान गर्ने गुरुको सम्झना गर्दै वादोरियोका प्रशिक्षक एवं खेलाडीहरुले नेपाल वादोरियो करातेका संस्थापक, प्रमुख प्रशिक्षक एवं नेपाल कराते महासंघका महासचिव श्री हरिसरण केसी, संघका उपाध्यक्ष तेजेन्द्र गुरुङ्ग लगायत अन्य प्रशिक्षकहरुलाई टिका, खादा, फुल माला र उपहार प्रदान गर्दै गुरु पुजा गरेका थिए ।
उक्त अवसरमा संस्थापक हरिसरण केसीले वादोरियोका संस्थापक एवं गुरु स्व. यसुकी कुरानामेको तस्विरमा खादा, फुलमाला र अविर चढाई गुरुको सम्झना गरेका थिए ।
यस्तै दक्षिण एशियाली स्वर्ण पदकधारी कुशल श्रेष्ठ र कास्य पदकधारी परशुराम बास्तोलाले पनि गुरु केसीलाई पुजा गरेका थिए ।
गुरु पुजा कार्यक्रममा वादोरियोका प्रशिक्षक, खेलाडी, यातायात ब्यवसायी संघका पदाधिकारी गरि करिव ७०० जनाको उपस्थिती रहेको थियो ।

Comment