लाखे प्रतिनिधि

lakhe karate1
नेपाल कराते महासंघले पुरेन्द्रविक्रम लाखेलाई नेपाल ओलम्पिक कमिटीको निर्वाचनका लागि प्रतिनिधि तोकेको छ ।
लाखे अध्यक्ष रहेको महासंघको सोमबार बत्तीसपुतलीमा सम्पन्न विशेष साधारणसभाले लाखेलाई प्रतिनिधि तोकेको हो । कमिटीको निर्वाचन सेप्टेम्बरमा हुँदैछ ।त्यस्तै महासंघको निर्वाचन १ वर्षभित्र गर्ने तथा भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा करातेलाई सहभागी गराउने सम्बन्ध पहल गर्ने निर्णय भएको महासंघका महासचिव केदारबाबु सिवाकोटीले जनाएका छन् ।

Comment