बुद्ध एयरलाई फाइभ ए साइड उपाधि
बुद्ध एयरले चेसुङ वाइन कर्पोरेट फुटसलको उपाधि शनिवार जितेको छ । बिकास रायमाझीको ह्याट्रिकको मद्दतमा बुद्ध एयरले इन्भेष्टमेन्ट बैंकमाथी ५–४ को रोमान्चक जित निकाल्यो । अन्य गोल भरतकुमार बुढाथोकी र सिद्धार्थ बहादुर सिंह रहेका थिए । इन्भेष्टमेन्ट बैंकका तर्फबाट नरेन्द्र रोकाले २ गोल तथा नारायण बिक्रम पाण्डे र समिरराज भण्डारीले समान एक–एक गोल गरेरका थिए । तेश्रो स्थानको लागि भएको खेलमा सिभिल बैंकले सनराईज बैंकलाई ५–० ले पराजित गर्यो । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने विजेता टिमहरुले आकर्षक शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका थिए । प्रथम हुने टिमका ९ जना खेलाडीको जोडीलाई धुलिखेल लज रिसोर्टमा नाइट स्टेको साथै अन्य गीफ्ट ह्याम्पर प्राप्त गरेका थिए । दोस्रो हुने टिमका ९ जना खेलाडीले होटल सांग्रिलामा फ्राईडे नाइट वारविक्यु डिनर लगायतअन्य गीफ्ट ह्याम्पर प्रदानगरिनछ ।
फाईनल खेलमा ३ गोल गर्ने बुद्ध एयरका बिकास रायमाझी उत्कृष्ट खेलाडी चुनिए । उनले काठमाडौं मलेशिया काठमाडौंको एअर एसियाको टिकट, बन्दीपुर माउन्टेन रिसोर्टमा १ कपलको लागि नाइट स्टे, अन्य गीफ्ट ह्याम्पर प्राप्त गरे । प्रतियोगितामा हाईस्कोरर सनराईज बैंकका रोशन लामा भए । हाइ स्कोररको जोडीलाई बुद्ध एअरबाट उपलव्ध भएको माउन्टेन फ्लाइटका साथै अन्य गीफ्ट ह्याम्पर प्राप्त गरे । उत्कृष्ट डिफेन्स एनएमबी बैंकका सगुन लामा चुनिए । बिष्ट डिफेन्सको उपाधि भने सिभिल बैंकका अभय लामाले जिते । दुवैका कप जोडीका लागि बन्दीपुर माउन्टेन रिसोर्टमा नाइट स्टेको साथै अन्य गीफ्ट ह्याम्पर उपलब्ध गरिएको थियो ।
बिजेता टिमलाई प्रमुख अतिथि एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत एके अहलुवालीया, बिशेष अतिथि मुख्य प्रायोजक तीनजुरे वाईन प्रालीका अध्यक्ष मोहन बिक्रम लामा, आयोजक थ्रि आर विजनेस इंक प्रा. लि.प्रबन्धनिर्देशक रसिन खड्काले पुरस्कृत गरेका थिए । समापन समारोहमा क्याट्रिङ ब्यवसायी संघका उपाध्यक्ष बिष्णु प्रसाद भण्डारी,शेरबहादुर स्मृति प्रतिष्ठानका अध्यक्ष रन्जन खड्कालगायतको उपस्थिति रहेको थियो । प्रतियोगितामा १७ टिमको सहभागिता रहेको थियो ।