आर्मीलाई स्वर्ण

tt army
त्रिभूवन आर्मी क्लबले राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको पुरुष टिम इभेन्टमा बुधबार स्वर्ण जितेको छ । फाइनलमा आर्मीले नेपाल प्रहरी क्लबलाई ३–२ ले पराजित ग¥यो । ललितपुर र एपीएफ क्लबले तेश्रो स्थानमा चित्त बुझाए । पुरुषमा दोश्रो भएको प्रहरी अघिल्लो दिन महिला टिम इभेन्टमा भने पहिलो भएको थियो ।
भूकम्प पीडित राष्ट्रिय टेबलटेनिस खेलाडीलाई आर्थिक सहयोग गर्ने उद्देश्यले काठमाडौं जिल्ला टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको ब्वाइज टिम इभेन्टनमा आदर्श विद्या मन्दिर (एभीएम) पहिलो, प्रोक्सिमा दोश्रो तथा स्वर्णिम र ग्यालेक्सी पब्लिक स्कुल तेश्रो भए । त्यसै स्पर्धाको गल्र्समा पनि एभीएम पहिलो स्थानमा रह्यो । कान्तिपुर इङलिस एकेडेमी दोश्रो भयो भने ह्वाइटफिल्ड उमावि र ग्यालेक्सी संयुक्त रुपमा तेश्रो बने ।
गल्र्स सिंगल्समा एभीएमकी दीक्षा तामाङ र लश्था महर्जन फाइनलमा प्रवेश गरेका छन् ।
लैनचौचरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको सेमिफाइनलमा दीक्षाले रुपन्देहीकी सुकृति श्रेष्ठलाई ९–११, ११–९, ११–५ र ११–५ तथा लश्थाले एभीएमकै सिक्का सुवाललाई ११–७, ११–९, ८–११ र ११–५ को सेटमा हराए ।
सोही स्पर्धाको ब्वाइजमा नोबेल एकेडेमीका श्यान्टू श्रेष्ठ फाइनलमा पुगे । पहिलो सेमिफाइनलमा श्यान्टूले एभीएमका आशिष शर्माको चुनौती ११–६, ११–९ र १२–१० ले पन्छाए । श्यान्टुले एभीएमका रितिज जोशी र युसीपीएसका घनश्याम शर्माबीचको विजेतासंग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

 

Comment