गणेशबाट टप माउन्टेनको उद्घाटन

mount everest taek1
पोखरा टप माउन्टेन तेक्वान्दो डोजांगको मास्टर गणेश गुरुंगले उद्घाटन गरे । प्रशिक्षक रेखमाया गुरुंगको नेतृत्वमा डोजांग स्थापना भएको हो । डोजांगका ३८ जना प्रशिक्षार्थी रहेका छन् । उद्घाटनको अबसरमा तेक्वान्दो विकासमा महत्वपूर्ण योगदान गर्ने मनोज खड्गीलाई सम्मान गरियो । कार्यक्रममा कास्की जिल्ला तेक्वान्दो संघका अध्यक्ष जगन गुरुंगको पनि उपश्थिती थियो । डोजांगमा रेखा शर्माले पनि प्रशिक्षण दिने छिन् ।
यसैगरी प्रमुख अतिथी गणेशले कुश्मामा रहेको तेक्वान्दो डोजांगलाई सहयोग स्वरुप १ लाख रुपैया प्रदान गरे । गुरुंगले तेक्वान्दो विकासमा आफmू सधै सक्रियतासाथ लागीरहने बताए । उनले टप माउन्टेनलाई पनि सहयोग हस्तान्तरण गरे ।

Comment