मानसिंह डोजो च्याम्पियन

asmita 1
मानसिंह डोजो उपत्यका व्यापि जे.के.एफ. गोजुकाई केन्बुकान कराते प्रतियोगिताको टिम च्यम्पियन बनेको छ । देवि नगर बानेश्वर स्थित भद्रघले स्कूलमा भएको प्रतियोगितामा मानसिंह डोजोले ८ स्वर्ण, १३ रजत र १० काश्य जित्न सफल भएको छ । दोस्रो स्थान हासिल गरेको आयोजक भद्रघले स्कूलले ५ स्वर्ण, ९ रजत र ११ काश्य जितेको जे.के.एफ. गोजुकाई केन्बुकान करातेकी प्रमुख प्रशिक्षक तथा महासचिव अस्मिता गुरुङ्गले जानकारी गराइन् ।
सोहि प्रतियोगितामा ३० के.जि तौल समुह र काँता तर्फ स्वर्ण जितेकी मतिना महर्जन महिला तर्फको उत्कृष्ट खेलाडी चुनिन् । त्यसै गरि पुरुष तर्फ काँताका स्वर्ण विजेता सुवास तामाङ्ग उत्कृष्ट भए । शनिवार साँझ सम्पन्न प्रतियोगिताको विजय खेलाडी लाई उप प्रधान मन्त्री प्रकाशमान सिहंले पुरस्कार वितरण गरेका थिए । सो अवसरमा  प्रतियोतिका राम कृष्ण लामा आयोजक स्कुलका प्रिन्सीपल सुमन लामा लगाएतको उपस्थिती थियो । एक दिने प्रतियोगिताको उद्घाटन स्थानिय समाज सेवी पद्धम राज सुवेदी ले गरेका थिए । प्रतियोगितामा २१ स्वर्णका लगि १८५ खेलाडीहरुले प्रतिसपर्धा गरेका थिए ।

Comment