टेबलटेनिसमा पनि हार

tt2
टेबलटेनिसमा पनि नेपाली खेलाडीले हारको सामना गरेका छन् । मिक्स डबल्समा राष्ट्रिय च्याम्पियन एवं शीर्ष वरीयताकाद्वय दीप साउन र नवीता श्रेष्ठको जोडी स्लोभाकियाको जोडीसंग ३–११, ५–११ र ५–११ को सोझो सेटमा पहिलो चरणमा पराजित भए । ज्याकी महर्जन र अनिता महर्जनको जोडी हंगेरीका जोडीसंग २–११, ४–११ र ५–११ ले दोश्रो चरणमा हारे । पहिलो चरणमा नेपाली जोडीले वाक ओभर पाएका थिए ।
जाङसियोङ होङग्लीडोङ जिम्नेजियममा भएको पुरुष डबल्सको पहिलो चरणमा नाइजेरियाका खेलाडीसंग वाक ओभर पाएको नेपाली जोडी दीप साउन र विनेश खनियाँ जापानी जोडीसंग ३–११, ४–११ र ४–११ ले चुके ।
महिला डबल्समा नवीता र अनिताको जोडी हङकङ चाइनासंग ९–११, ७–११ र ११–११ ले चुकेका थिए । बिहीबार नेपालले सिंगल्स स्पर्धामा प्रतिस्पर्धा गर्नेछ ।

Comment