संगीना जस्तै हुने इच्छा

silaaशिला गुरुङ तेक्वान्दोको जुनियर महिलातर्पmकी उम्दा खेलाडीको रूपमा उदाएकी खेलाडी हुन् । केही समय अगाडि मात्र पोखरामा सम्पन्न राष्ट्रपति रनिङ सिल्डमा उनी ४६ केजी तौलसमूहमुनि प्रथम भएकी थिइन् । सानै उमेरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विभिन्न पदक हात पारेकी शिला तेक्वान्दोकी भविष्यको रूपमा हेरिएको छ । नेपालको मध्य भू–भाग चितवनको कुमरोज नगरपालिकामा जन्मिएकी शिलाले कलिलै उमेरदेखि कुमरोज तेक्वान्दो डोजाङगबाट प्रशिक्षण सुरु गरेकी हुन् ।
उनी त्यहीे विद्यालयमा अध्ययनरत छिन् । तेक्वान्दोका प्रशिक्षक अभिषेक गौतमले उनलाई प्रशिक्षण गराइरहेका छन् । तेक्वान्दोबाट नै उनले देशका लागि विभिन्न अन्तर्राष्ट्रिय स्तरका स्वर्ण जितेकी छिन् । मित्रराष्ट्र भारतमा गत वर्षको माघमा भएको अल इन्डिया तेक्वान्दो च्याम्पियनसिपमा उनले ४६ केजी तौल समूहमा पनि स्वर्ण पदक हात पारेकी थिइन् । उनले जिल्ला र क्लबस्तरमा पनि विभिन्न पदक जितेकी छिन् । शिलाले गतवर्ष सम्पन्न न्यु स्टार तेक्वान्दो च्याम्पियनसिपमा ४२ केजी तौलमा स्वर्ण जितेका थिइन् । सरित सौराहा तेक्वान्दो च्याम्पियनसिपमा र चितवन तेक्वान्दो च्याम्पियनसिपमा दुवैमा ४० केजी तौल समूहमा रजतपदक हात पारेकी थिइन् ।
उनी पढाइ र खेललाई उत्तिकै महत्व दिने गर्छिन् । समय भएमा किक हान्ने र नयाँनयाँ अभ्यास गर्ने उनको बानी छ । उनी कुनै पनि तेक्वान्दोका प्रतियोगिता हेर्ने छुटाउदिनन् र भन्छिन्, ‘जति हेरौँ नयाँ कुरा सिक्न पाइन्छ त्यही भएर छुटाउदिनँ ।’ बेलाबेला अन्य गुरुहरूसँग केही नयाँ ज्ञान पाइन्छ कि भनेर सोध्ने गरेको छु । यादव गुरु(यादव कुँवर) र कल्याण गुरु(कल्याण कँुवर) हरूले पनि हामीलाई बेलाबेला मार्गदर्शन गर्नुहुन्छ । उहाँ कँुवरलाई राम्रोसँग लिएर अपनाउने गरेकी छु । तेक्वान्दोमा स्वर्ण भविष्य खोज्दै तेक्वान्दोलाई नै आत्मसात गर्ने शिलाको लक्ष्य छ । उनी भन्छिन्, ‘तेक्वान्दोप्रति मेरोे लगाव छ । यस खेलबाट देशका लागि केही गरेर देखाउने मेरो लक्ष्य हो त्यसका लागि दिनरात मिहिनेत गर्नेछु ।’ ‘भविष्यमा संगिना गुरु(संगिना वैद्य) जस्तो बन्नका लागि अहिलेदेखि मेहनत गर्र्दैछु । ओलम्पिक छनोट भएर पदक जित्ने मेरो लक्ष्य हो तर गरेर देखाउन गाह्रो छ, त्यसको अहिलेदेखि आपूmलाई परिमार्जन गरे त्यो सम्भव हुन्छ’ शिला बताउँछिन् ।
कुमरोज डोजाङ्का प्रशिक्षक अभिषेक गौतम भन्छन्, ‘शिला सानैदेखि मिहिनेति, अनुशासित र क्षमतावान खेलाडी भएकाले उनीको भविष्य राम्रो नै हुनेछ । उनी केही गर्छु भनेर देखाउने भएकाले पनि शिलाले देशका लागि उत्कृष्ट नतिजा हासिल गर्नेमा मलाई विश्वास छ ।’ उनका बाबु मीनबहादुर गुरुङ छोरीको सफलतामा खुसी हँुदै भन्छन्, ‘शिलाको लक्ष्य पूरा गर्न हामी हरदम लागि पर्नेछौँ ।’ (सौस) साभार ः सौर्य दैनिक
Comment