इंग्ल्यान्डमा सुनील र परशुरामलाई काश्य

bastolasunil lamaa

साग स्वर्ण पदक विजेता सुनील लामा र काश्य विजेता परशुराम बास्तोलाले १९ औ सेन्ट्रल इंग्ल्यान्ड ओपन कराते प्रतियोगितामा काश्य पदक जितेका छन् । लामाले कुमुतेको ६७ किलो तौल समुहमा काश्य जितेका हुन् । यसैगरी,  परशुरामले एकल कातामा काश्य जिते ।
लामा सहभागि तौल समुहमा घरेलु टोलीका खेलाडी पहिलो भए भने आयरल्यान्डका खेलाडीले रजत जिते । नेदरल्यान्डका खेलाडीले सुनीलसंगै काश्य जिते । परशुरामको स्धर्पामा नेदरल्यान्डका खेलाडीले स्वर्ण, तथा युकेका खेलाडीले रजत जिते । परशुरामसंगै आयरल्यान्डका खेलाडीले काश्य जिते ।
गत १२ बैशाखको भूकम्पका कारण घर क्षती हुनुका बाबजुद लामाले प्रशिक्षणलाई निरन्तरता दिएका थिए  । बालाजु कराते एकडेमीका उत्पादन लामा हाल एपीएफमा आबद्ध छन् । उनी ढाकामा भएको ११ औ दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जिते पछि नेपाली खेलकुदमा चर्चामा आएका थिए । हाल दुवै खेलाडी राष्ट्रिय टोलीमा आबद्ध छन् ।

Comment