दुवै पक्ष मिल्न आग्रह

keshav e

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य सचिव केशव कुमार विष्टले नेपाली खेलकुदमा नयाँं क्रान्ती ल्याएर छाड्ने बताएका छन् । फुटबल क्लब समन्वय समितिले आइतबार विष्टको सम्मानमा आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै उनले आफु राखेपमा फोटो झुन्ड्याउने उद्येश्यले मात्र सदस्य सचिव नभएको बताए ।

उनले अखिल नेपाल फुटबल संघ (एन्फा) को विवाद आफुलाई राम्रोसँंग थाहा भएको बताए । विष्टले एन्फाको विवाद मिलाउने काम अध्यक्ष गणेश थापाको भएकाले दुवैपक्षलाई मिलेर खेलाडीको हितका लागि अगाडी बढ्न आग्रह पनि गरे । फुटबलमा एउटै ब्यक्ति २० बर्ष नेतृत्वमा बसिरहने र नजिता पनि नआएको विषयमा नेपाली जनतालाई जानकार हुने अधिकार छ । यसको उत्तर सम्बन्धित संघले दिनुपर्छ, विष्टले भने ।
सम्मान कार्यक्रममा एन्फाका उपाध्यक्ष एवं क्लब समन्वय समितिका सदस्य कर्मा छिरङ सेर्पाले एन्फामा आफुहरुको आन्दोलन सामुहिक नेतृत्व र भष्ट्राचार अन्यको लागि भएको बताए । उनले सदस्य सचिवलाई गुण र दोषको आधारमा संघलाई कारबाही र प्रोत्साहन गर्न अनुरोध गरे ।

राष्ट्रिय टोलीका पूर्व कप्तान मणि शाहले खेलकुदमा खेलाडीको भविष्य नष्ट बन्दै गएकोमा दुःखेसो पोखे । उनले नयाँं सदस्य सचिवले खेलाडीको हितमा रहेर काम गरै त्योनै सफल हुने सुझाव दिए । नेपाल खेलकुद महासंघका सदस्य एवं एन्फाका पूर्व उपाध्यक्ष सुनिल कपालीले नेपाली खेलकुदमा गणतन्त्र नआएको बताए । राखेप कर्मचारी संघका अध्यक्ष रन्जन विष्टले पछिल्लो समय राखेपभन्दा खेलसंघ हावी बन्दै गएको धारणा राखे । सम्मान कार्यक्रममा एन्फाका सदस्य पंकज नेम्वाङ, समन्वय समितिका अध्यक्ष शिक्षित पराजुली लगायतले बोलेका थिए ।

Comment